शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एसईईमा पर्सा जिल्लाबाट ६७ दशमलव ५१ प्रतिशत विद्यार्थी फेल, ८ जनाले मात्रै ल्याए ४ जीपीए

शनिबार, १४ असार २०८२, १२ : ३५
शनिबार, १४ असार २०८२

सारांश

  • यस वर्षको एसईई परीक्षामा पर्साका ६७ प्रतिशत विद्यार्थी असफल भए।
  • पर्सामा नियमिततर्फ ३२.४९ प्रतिशत र प्राविधिक धारतर्फ १५ प्रतिशत विद्यार्थी मात्रै पास भए।
  • शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार अधिकांश विद्यार्थीको ननग्रेड आएको छ।

वीरगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका धेरै विद्यार्थी असफल भएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् । 

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् । एसईईमा पर्साबाट नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए । 

तर राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार पर्सा जिल्लाबाट नियमिततर्फ ३२ दशमलव ४९ र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।  

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार एसईईमा भाग लिएका कुल नियमिततर्फका विद्यार्थीमध्ये ३२५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै पास भएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको  ननग्रेड आएको हो । 

यो वर्ष पर्सा जिल्लामा १० हजार बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साको विश्लेषण छ । सार्वजनिक नतिजा अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एकदम न्यून रहेको शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख राउत बताउँछन् । 

उनका अनुसार ८ जना मात्रैले ४ जीपीए ल्याएर पास भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप