फिल्म निर्देशन गर्दै अभिनेत्री ढुङ्गाना
आइतबार, १५ असार २०८२, ०९ : १४
सारांश
- अभिनेत्री नीता ढुङ्गानाले फिल्म 'सुख दुःख' बाट निर्देशनमा डेब्यु गर्दैछिन्।
- शनिबार फिल्मको घोषणा गर्दै उनले थिम पोस्टर सार्वजनिक गरिन्, जसमा निर्देशकको रूपमा उनको नाम छ।
- फिल्म अर्को वर्षको दसैँमा प्रदर्शन हुने बताइएको छ, तर कलाकारको लाइनअप र स्क्रिप्ट लेखन जारी छ।
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना (अधिकारी) फिल्म निर्देशनमा डेब्यु गर्ने भएकी छन् । निर्माणको तयारीमा रहेको फिल्म ‘सुख दुःख’ उनले निर्देशन तयारी गरेकी छन् ।
शनिबार नीताले फिल्मको घोषणा गर्दै थिम पोस्टर सार्वजनिक गरेकी थिइन् । जसमा उनको नाम निर्देशकमा देख्न सकिन्छ । फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । जुन अर्को वर्षको दसैँमा आउने बताइन्छ ।
नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको लाइनअप भने तयार भइसकेको छैन । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ । नीताले केही अगाडि ‘ह्रस्व दीर्घ’ अभिनय तथा निर्माण गरेकी थिइन् ।
बाल कलाकारको रुपमा फिल्म ‘मितिनी’बाट अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म ५० बढी फिल्ममा काम गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण