मलेसियाको ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’मा अदृत र निर्भयले जिते उपाधि
सारांश
- मलेसियामा भएको वर्ल्ड जुनियर टुरिजम एम्बेसडरमा दुई नेपाली बालकले विभिन्न उपाधि जितेका छन्।
- अदृत कुँवरले प्रिन्च जुनियर टुरिजम एम्बेसडरको शीर्ष उपाधि जित्दा निर्भय श्रेष्ठ फष्ट रनरअप बने।
- उपाधि विजेताहरूले नेपाली कला र संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याए।
काठमाडौँ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शीर्ष सहित विभिन्न उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को शीर्ष उपाधि जित्दा सोही प्रतियोगितामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे ।
प्रतियोगितामा शीर्ष उपाधि जितेको कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जित्न सफल रहे ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगितामा सहभागी गराएको हो ।
‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्द्धन समेत गरेका छन् ।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गरेका थिए ।
दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवर्द्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए । जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गरेको बताइन्छ ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी भएका थिए । दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण