महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधी तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक त्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ ।
सेवाको थालनी सँगै बैंकले भर्चुअल त्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुनेछ ।
डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बेैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्दि«त हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण