बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्वार्को ओभरपास पछि कुन ओभरपास ?

यातायात विज्ञ आशिष गजुरेलका सुझाव

आइतबार, १५ असार २०८२, ११ : २८
आइतबार, १५ असार २०८२

१) ग्वार्को प्रयोगकर्तालाई ओभरपास सञ्चालनपछि जाममा बस्नुपरेको छैन । खुसी हुनु स्वाभाविक हो ।
२) सातदोबाटो, कोटेश्वर प्रयोगकर्ताले ग्वार्को ओभरपासपछि थप जाम हुन थालेको अनुभव गरेका छन् ।
३) एकान्तकुना वा बल्खुचोक प्रयोगकर्ताले पनि ग्वार्को ओभरपासपछि सवारी चाप बढेको अनुभव भन्न थालेका छन् ।
कारण
४) चक्रपथ २७ किमिको छ, ग्वार्कोको सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि गर्‍यो तर चक्रपथको क्षमता वृद्धि भएन ।
५) ग्वार्कोमा सवारी रोकिँदैनन् तर ती सवारीहरू पूर्वतिर बालकुमारी र कोटेश्वर चोकमा वा पश्चिमतिर सातदोबाटोमा थुप्रिने भए ।
६) बालकुमारी, कोटेश्वर वा सातदोबाटोको चोकको क्षमतामा वृद्धि भएको नहुँदा ग्वार्कोको जाम स्वाभाविक रूपमा त्यता सर्ने भयो ।

दीर्घकालीन समस्याको समाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो, यसमा दुईमत नै छैन ।
  • अब के गर्ने ?

७) सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित हुन्न ।
८) केही समय ग्वार्को ओभरपासको अनुभव अध्ययन गरौँ । यसबाट आगामी योजना गरौँ ।
९) थप ओभरपास बनाउन हतार नगरौँ ।
१०) पूर्वाधार थप गरी जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो ।
११) सडकमा सवारी संख्या कम भए मात्रै जामको व्यवस्थापन सहज हुन्छ ।
१२) सवारी संख्या कम गर्न सार्वजनिक यातायात सुधार गर्नुपर्छ, ताकि मानिसहरू निजी सवारीप्रति कम आकर्षित र सार्वजनिक यातायातप्रति ज्यादा आकर्षित होउन् ।
१३) फ्लाई ओभर वा ओभरपास वा चौडा सडक बनाउँदा अल्पकालीन रूपमा जाम कम हुने हो ।
१४) दीर्घकालीन समस्याको समाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो, यसमा दुईमत नै छैन ।

  • निष्कर्ष

१५) ग्वार्को ओभर पास बन्यो, खुसी बनौँ, पूर्ण प्रयोग गरौँ ।
१६) सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास बनाउन हतार नगरौँ ।
१७) ओभरपास वा फ्लाइओभर बनाउने लगानी हाललाई सार्वजनिक यातायात व्यवस्थापनमा गरौँ ।
१८) सार्वजनिक यातायातबाट यातायात प्रणाली सुधार हुन्छ ।
(लेखक गजुरेल यातायात विज्ञ हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप