शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, १५ असार २०८२, १२ : ४४
आइतबार, १५ असार २०८२

सारांश

  • शनिबार विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
  • कपिलवस्तु, रुपन्देही, सुनसरी, सिराहा र पर्वतमा भएका दुर्घटनाहरूमा मोटरसाइकल र ट्याक्टर दुर्घटना समावेश छन्।
  • दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, र प्रहरीले घटनाहरूको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही, सुनसरी, सिराहा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । 

कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुरस्थित सडकमा बिसनपुरबाट मौलीतर्फ जाँदै गरेको रा.४ प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका–३ लालपुर चोकमा मंगलपुरबाट जोगडातर्फ जाँदै

गरेको लुम्बिनी प्रदेश–०१–००६ प ४८४७ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–२ तिलोरी बस्ने ४५ वर्षीया सुमित्रा यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता सुनसरीको राम धुनी नगरपालिका–७ बासबिटीस्थित सडकमा को–३३ प ९६०५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक राम धुनी नगरपालिका–६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी, उनको छोरा ९ वर्षीय प्रनिश चौधरी र को–३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–६ बस्ने वर्ष ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिराहाको औरही गाउँपालिका-१ दरहैया चोकमा मधेस प्रदेश ०१(००१ त २५४३ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा चालक बरियारपट्टी गाउँपालिका–३ बस्ने २५ वर्षीय सतवा यादवको घटनास्थलमै मृत्यु भएको छ ।

उता, पर्वतको फलेवास नगरपालिका–८ नेपानेस्थित सडकमा लमायखोलाबाट फलाम खानीतर्फ जाँदै गरेको ग.१ ज ६९७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार फलेवास नगरपालिका– ८ ठानामैला बस्ने ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको छ । शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको

गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवारमध्ये २ जनाको सोही अस्पतालमा र १ जनाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप