राजकीय सम्मानका साथ डा. देवकोटालाई अन्तिम बिदाई (फोटोफिचर)
काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।
डा. देवकोटाको पार्थिव सरिरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ति दिएपछि अन्त्यष्टि गरिएको हो । देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो ।
सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।
लामो समय चिकित्सा क्षेत्रमा बिताएका डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए ।
लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।
२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् । डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।
कस्ता थिए डा.उपेन्द्र देवकोटा ? यस्तो छ घरका सहयोगीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अनुभव
देवकोटाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आर्यघाट लगियो
न्यूरो अस्पतालमा डा. देवकोटालाई श्रद्धाञ्जली (फोटोफिचर)




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण