विद्या भट्टराईको प्रस्ताव : बाल विकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गरौँ
काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बाल विकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै भट्टराईले बाल विकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘उहाँहरूको योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरूको योग्यतालाई कसरी उहाँहरूको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाल विकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण