ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने बागमती सरकारको घोषणा
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री लामाले ओलम्पियनलाई मासिक ५ हजार भत्ता दिने घोषणा गरे।
- मुख्यमन्त्रीले खेलकुद र खेलाडीको प्रवर्द्धन तथा प्रोत्साहन गर्ने नीति लिएको बताए।
- १९९२ देखि २००० सम्मका ओलम्पिकमा भाग लिएका खेलाडीहरूलाई सम्मान गरिएको थियो।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको तथा चौथो ओलम्पियन पुनःमिलन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले ५ हजार भत्ता दिने घोषणा गरेका हुन् । उनले प्रदेश सरकार खेलकुद र खेलाडीको उच्च सम्मानका साथ प्रवर्द्धन तथा प्रोत्साहनको नीति अवलम्बन गर्दै अघि बढेको बताए । खेलकुद पूर्वाधार निर्माण तथा खेलाडी उत्पादनमा सरकारको लगानी क्रमशः वृद्धि गरिने उनको भनाइ छ ।
सो अवसरमा सन् १९९२ देखि २००० को ओलम्पिकमा भाग लिएका खेलाडीहरूलाई सम्मान गरिएको थियो । प्रदेश सरकारले ओलम्पियन अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो । १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त परिवारमार्फत सम्मान प्रदान गरिएको थियो ।
सोही अवसरमा ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा भाग लिएका ७ मध्ये ३ जना एथलेटिक्सका सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाण पत्र प्रदान गरे ।
स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा बिहान चितवनमा वाकाथन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण