काठमाडौँमा पुग्यो बागमतीको ११ प्रतिशत बजेट
सारांश
- बागमती प्रदेश सरकारले काठमाडौँ जिल्लामा कुल बजेटको ११ प्रतिशत भन्दा बढी रकम विनियोजन गरेको छ।
- आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरिएको बजेटमा पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
- बजेटमा काठमाडौँ पछि मकवानपुर, काभ्रे, नुवाकोट लगायतका जिल्लाहरुमा पनि बजेट विनियोजन गरिएको छ।
हेटौँडा । बागमती प्रदेश सरकारको कुल बजेटको ११ प्रतिशत बढी रकम काठमाडौँ जिल्लामा परेको छ । कुल विनियोजनको पुँजीगत तर्फको ११.९ प्रतिशत बजेट काठमाडौँमा परेको छ ।
बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र केही महत्त्वपूर्ण आयोजना अन्तर्गतका विकास बजेटमा काठमाडौँले ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि असार १ गते सार्वजनिक गरेको ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँको बजेटमा पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ (६१ प्रतिशत) विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विवरण अनुसार यो बजेटले पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उच्च प्राथमिकता दिएको छ ।
प्रदेश सरकारको कुल बजेटमध्ये ११.९ प्रतिशत (३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ) काठमाडौँमा विनियोजन गरिएको छ भने दोस्रोमा मकवानपुरका लागि १०.६ प्रतिशत (३ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ) बजेट विनियोजन गरिएको छ । तेस्रो स्थानमा काभ्रे र नुवाकोटले १०÷१० प्रतिशत बजेट पाएका छन् । काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको गृह जिल्लामा पनि १० प्रतिशत बजेट विनियोजन गरिएको छ । उनको नुवाकोट जिल्लामा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रुपैयाँ बजेट प्राप्त गरेको हो ।
सिन्धुपाल्चोकमा ८.४ प्रतिशत (२ अर्ब ७९ करोड ९५ लाख ४० हजार रुपैयाँ) बजेट विनियोजन हुँदा आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको गृह जिल्ला दोलखा ८.३ प्रतिशत (२ अर्ब ७४ करोड ९९ लाख ५० हजार रुपैयाँ) बजेट विनियोजन भएको छ ।
चितवनमा ७.५ प्रतिशत (२ अर्ब ४८ करोड ५८ लाख ४० हजार रुपैयाँ), सिन्धुलीमा ६.८ प्रतिशत (२ अर्ब २५ करोड ९६ लाख ८० हजार रुपैयाँ), ललितपुरमा ६.७ प्रतिशत (२ अर्ब २२ करोड ५४ लाख रुपैयाँ), रामेछापमा ६.१ प्रतिशत (२ अर्ब ३ करोड ११ लाख ४० हजार रुपैयाँ), धादिङमा ६.१ प्रतिशत (२ अर्ब १ करोड ४० लाख ५० हजार रुपैयाँ), भक्तपुरमा ४.८ प्रतिशत (१ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ) र रसुवामा २.८ प्रतिशत (९२ करोड ५२ लाख ९० हजार रुपैयाँ) बजेट विनियोजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण