बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लघुकथा

दही चिउरा

आइतबार, १५ असार २०८२, १९ : २५
आइतबार, १५ असार २०८२

‘द्वैध चरित्रका मान्छे धेरै देख्छु,’ अनन्तरामले झस्काए ।

धमाधम दही चिउराको कार्यक्रम चलिरहेको थियो । उता रमणकी श्रीमतीलाई दही–चिउरा खुवाउन ससुराली पक्ष उपस्थित थिए । संयोग पनि कति मिठो, असार पन्ध्र । छेउको खेतमा असारे भाका बाँध्दै लाठे र रोपारले दही चिउरा खाँदै थिए । माहोल भव्य । 

जिम्माल काकाले प्याच्च बोले, ‘यो बेबी सावर रे ! उफ् ! पेट देखाउँछन् । कुन दिन सुहागरात भनेर के के देखाउने हुन् !’

‘हो काका ! जब परम्परा ट्रेन्डमा परिणत हुन्छ तब मनोमानी बढ्छ । बरु दही चिउरा कार्यक्रम नै ठिक छ,’ साहिँलीले होमा हो लगाइन् ।

दही सगुन थियो, चिउरा नेपाली खाजा । उता भतिजो जन्मदै थियो, यता असारको शुभारम्भ पनि गरियो । संस्कृति जोगाउन खेतमा बेठी लगाइयो । शब्दको गलत प्रयोगप्रति निराश हुँदै काकाले सोधे, ‘होइन बाबु, दहीचिउरे भनेर खाद्य सामग्रीको किन अपमान गर्छन् ?’ 

मैले बोल्नैपर्ने बाध्यता बन्यो । बाध्य भएर म बोलेँ, ‘अपराध मानसिकतालाई दही चिउरासँग तुलना गर्दा शुभ संकेत बिग्रन्छ, काका ।’

(हेलम्बु–६, सिन्धुपाल्चोक)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप