दही चिउरा
‘द्वैध चरित्रका मान्छे धेरै देख्छु,’ अनन्तरामले झस्काए ।
धमाधम दही चिउराको कार्यक्रम चलिरहेको थियो । उता रमणकी श्रीमतीलाई दही–चिउरा खुवाउन ससुराली पक्ष उपस्थित थिए । संयोग पनि कति मिठो, असार पन्ध्र । छेउको खेतमा असारे भाका बाँध्दै लाठे र रोपारले दही चिउरा खाँदै थिए । माहोल भव्य ।
जिम्माल काकाले प्याच्च बोले, ‘यो बेबी सावर रे ! उफ् ! पेट देखाउँछन् । कुन दिन सुहागरात भनेर के के देखाउने हुन् !’
‘हो काका ! जब परम्परा ट्रेन्डमा परिणत हुन्छ तब मनोमानी बढ्छ । बरु दही चिउरा कार्यक्रम नै ठिक छ,’ साहिँलीले होमा हो लगाइन् ।
दही सगुन थियो, चिउरा नेपाली खाजा । उता भतिजो जन्मदै थियो, यता असारको शुभारम्भ पनि गरियो । संस्कृति जोगाउन खेतमा बेठी लगाइयो । शब्दको गलत प्रयोगप्रति निराश हुँदै काकाले सोधे, ‘होइन बाबु, दहीचिउरे भनेर खाद्य सामग्रीको किन अपमान गर्छन् ?’
मैले बोल्नैपर्ने बाध्यता बन्यो । बाध्य भएर म बोलेँ, ‘अपराध मानसिकतालाई दही चिउरासँग तुलना गर्दा शुभ संकेत बिग्रन्छ, काका ।’
(हेलम्बु–६, सिन्धुपाल्चोक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण