शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लुटपाटमा संलग्न पाँच जना पक्राउ

आइतबार, १५ असार २०८२, २० : ०६
आइतबार, १५ असार २०८२

काठमाडौँ । प्रहरीले लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका ४ बस्ने वर्ष ३२ वर्षिय राम बहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका ३ बस्ने ४० वर्षिय बिपिन लामा,महोत्तरीको बर्दिबास नगरपालिका ६ का  वर्ष ३८ वर्षिय बिनोद मगर रहेका छन् ।

त्यस्तै रामेछापको सुनापति गाउँपालिका ३ बस्ने ३० वर्षिय राजु तामाङ र रामेछापकै मन्थली नगरपालिका १६ बस्ने ३० वर्षिय राजकुमार माझी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) अपील राज बोहराले बताए । 

प्रहरीका अनुसार उनीहरुले गौशाला रुन्चेडाँडाको सार्वजनिक सडक बाटोमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई केही अपरिचित मानिसहरूले डर त्रास तथा धाक धम्की दिएका थिए । 

साथै उनीहरुले ४५ हजार नगद समेत लुटपाट गरेका थिए । उनीहरुमाथि डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँचको दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप