राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
सोमबार, १६ असार २०८२, १० : ४९
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ११ महिनापछि आज बस्दैछ।
- बैठकका लागि ६ वटा एजेन्डा तय गरिएको छ, जसमा १०० दिने अभियानको कार्यपत्र समावेश छ।
- आइतबार बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको हो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ११ महिनापछि आज बस्दैछ । गत साउनपछि आज बस्न लागेको बैठकका लागि ६ एजेन्डा तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको हो ।
उनका अनुसार बैठकका लागि पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण र वितरण, सम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण