‘हेरा फेरि ३’ मा फर्किए परेश रावल
सारांश
- बलिउड फिल्म 'हेरा फेरि' को तेस्रो भागको छायांकन सुरु भएपछि परेश रावलले फिल्म छाडेको खबर आएको थियो।
- तर, परेश रावलले फिल्ममा पुनरागमन गर्दै विवाद समाधान भएको बताएका छन्।
- उनले दर्शकको मायाको कदर गर्दै सबै मिलेर राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नयाँ दिल्ली । दर्शकहरू यतिबेला बलिउड कमेडी फिल्म ‘हेरा फेरि’को तेस्रो भागको पर्खाइमा छन् । फिल्मको छायाङ्कन सुरु भइसकेको खबर लगत्तै अभिनेता परेश रावलले फिल्म छाडेको खबर आएपछि फिल्मबारे विवाद चुलिएको थियो ।
यो कुरा सुनेर दर्शक पनि निराश भएका थिए । फिल्मका मुख्य आकर्षण राजु (अक्षय कुमार), (श्याम) सुनिल शेट्टी र बाबु राव (परेश रावल) थिए । परेशले फिल्मको सुटिङ सुरु गरेर छाडेको भनिएको थियो । अहिले फेरि परेश रावल फिल्ममा पुनरागमन गर्दैछन् । यो कुरा परेश आफैँले पुष्टि गरेका हुन् ।
हिमांशु मेहताको पोडकास्टमा परेशले यो कुरा बताएका हुन् । फिल्म वरिपरिको विवादमा प्रतिक्रिया दिँदै अभिनेताले अब सबै कुरा समाधान भइसकेको बताए । कार्यक्रममा परेश रावललाई फिल्मसम्बन्धी विवादबारे सोधिएको थियो ।
यसको जवाफमा उनले भने, ‘कुनै विवाद छैन । जब कुनै कुरा धेरै मानिसहरूले मन पराउँछन्, तब हामी अतिरिक्त रहनुपर्छ । दर्शकहरूप्रति हाम्रो यो जिम्मेवारी हो । दर्शकहरू बसिरहेका छन् र उनीहरूले तपाईँलाई यति धेरै माया गर्छन् । तपाईँ कुरालाई हल्का रूपमा लिन सक्नुहुन्न । कडा परिश्रम गरेर उनीहरूले चाहेको कुरा दिनु पर्छ ।’
‘मलाई लाग्छ सबै जना एकसाथ आउनुपर्छ । कडा परिश्रम गर्नुस् । केही भएकै छैन, अहिले सबै ठिक छ । प्रियदर्शन, अक्षय वा सुनिल, सबै धेरै राम्रा छन् । हामी सबै धेरै वर्षदेखिका साथी हौँ,’ अझ अगाडि परेश रावलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण