भारी वर्षासँगै कञ्चनपुरमा ‘रेड अलर्ट’
सारांश
- कञ्चनपुर जिल्लामा भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेको छ।
- बाढी पूर्वानुमान महाशाखाले नदीमा बाढीको जोखिम रहेको जनाएको छ।
- महाशाखाले उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।
काठमाडौँ । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।
पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११:५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण