मोहना नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध
सोमबार, १६ असार २०८२, १३ : ५५
सारांश
- जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
- मोहना नदीमा बाढीको सतह सतर्कता तह नाघिसकेको छ र बाढी बढ्दो क्रममा रहेको छ।
- बिहान साढे ७ बजे मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको थियो।
कैलाली । जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन अनुरोध गरेको छ । सोमबार जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो ।
मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो ।
आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण