राजनीति
सरकारी सेवा सुविधा नलिने तयारीमा पूर्व राष्ट्रपति भण्डारी
सोमबार, १६ असार २०८२, १७ : ५१
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किएपछि सुविधा फिर्ता गर्ने तयारी गरेकी छिन्।
- उनले पूर्व राष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्न गृह मन्त्रालयलाई पत्र पठाउने तयारी गरेकी हुन्।
- भण्डारीलाई मासिक डेढ लाख रुपैयाँ र अन्य सुविधा उपलब्ध गराइँदै आएको थियो, तर सुरक्षाकर्मी भने यथावत रहनेछन्।
काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएकाे सरकारी सेवा सुविधा अबदेखि नलिने तयारी गरेकी छन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको बताइएको छ ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण