लुम्बिनीमा एसईई नतिजा सुधार
सारांश
- लुम्बिनी प्रदेशको एसईई परीक्षामा ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।
- परीक्षामा ७३,९०३ परीक्षार्थीमध्ये ४६,०५४ विद्यार्थी उत्तीर्ण भए।
- मन्त्री जन्मजय तिमिल्सिनाले उत्तीर्ण विद्यार्थीलाई बधाई दिए, शिक्षालाई प्राथमिकता दिने बताए।
बुटवल । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३ दशमलव ६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३ दशमलव २ देखि ३ दशममलव ६ जीपीए, १५ हजार २ सय ७० जनाले २ दशममलव ८ देखि ३ दशमलव २ जीपीए, १० हजार ४२ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २ दशमलव ४ जीपीए र २ जनाले १ दशमलव ६ देखि २ जीपीएसम्म ग्रेड ल्याएका छन् ।
२०८० को एसईईमा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
यसैबिच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिए । उनले शिक्षालाई प्रदेश सरकारले प्राथमिक एजेन्डामा राखेको बताए ।
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण