‘रियल टाइम बक्सअफिस’ सुरु
सोमबार, १६ असार २०८२, १९ : ४३
काठमाडौँ । बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’ आज (सोमबार)देखि सुरु भएको छ । चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘रियल टाइम बक्सअफिस’ उद्घाटन गरेका हुन् ।
मुलुकमा अहिले १६७ हल सञ्चालनमा छन् । ती सबै हलमा बक्सअफिस जडान भइसकेको बताइएको छ । ‘रियल टाइम बक्सअफिस’ उद्घाटनपछि अब फिल्म निर्माताले देशभरका हलमा आफ्नो फिल्मले गरेको आम्दानी टिकट काटेको २ मिनेटभित्र थाहा पाउन सक्नेछन् ।
आजदेखि चलचित्र विकास बोर्डका सबै सेवा अनलाइनमार्फत उपलब्ध भएका छन् । बोर्डले निर्माण इजाजत, सेन्सर सिफारिस लगायतका सेवा अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।
यी सेवाका लागि अब चलचित्रकर्मीले बोर्डमा धाइरहनुपर्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण