आँप मेलामा रु १० लाखभन्दा बढीको कारोबार
सारांश
- धनुषामा दुई दिने आँप मेला सम्पन्न भयो, जहाँ २० हजारभन्दा बढीले अवलोकन गरे र १० लाखभन्दा बढीको कारोबार भयो।
- मेलामा ४० भन्दा बढी जातका आँप र आँपका परिकार प्रदर्शन गरिएको थियो, जसले स्थानीय आँपको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्यायो।
- मेलाको मुख्य उद्देश्य स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण र पर्यटन विकास गर्नु थियो, जसमा विद्यार्थी र कृषकहरूले पनि भाग लिए।
धनुषा। धनुषामा दुई दिवसीय आँप मेला सोमबार सम्पन्न भएको छ ।
यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्दा रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिए ।
‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दा बढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।
महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषि विज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतिसमेत गएिका थिए ।
यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए । मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्री वितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिए ।
तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवर्द्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण