कुलिङ पिरियडमा किर्ते : समितिका सभापति खतिवडाको राजीनामा माग्ने तयारी
सारांश
- निजामती विधेयकमा किर्ते भएको भन्दै सांसदहरूले सभापति रामहरि खतिवडाको राजीनामाको माग गरेका छन्।
- विधेयकमा कुलिङ पिरियड हटाउने शब्द घुसाइएको भन्दै सांसदहरूले सभापतिको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
- समिति सभापति खतिवडा सभामुखलाई भेट्न गएपछि सांसदहरू बैठकका लागि सभापतिको प्रतीक्षा गर्दै सिंहदरबारमा बसेका छन्।
काठमाडौँ । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा किर्ते भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले सभापति रामहरि खतिवडाको राजीनामा माग्ने तयारी गरेका छन् ।
विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति रामहरिले खतिवडाले लिनुपर्ने सांसदहरूको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहयोगविना नहुने भन्दै राजीनामा दिनुपर्ने बताए ।
‘विधेयकमा गम्भीर लापरबाही भएको छ । यसको छिनोफानो हुनुपर्छ र समिति सभापतिले राजीनामा दिनुपर्छ’, नेता पाण्डेको भनाइ छ । एमाले सांसद पदम गिरीले पनि सभापति खतिवडाको राजीनामा मागिने बताए ।
‘कर्मचारीको मात्र लापरबाही भन्न मिल्दैन यसमा सभापतिको समेत हात हुनसक्छ । त्यसैले उहाँको राजीनामा र छानबिन हुन जरुरी छ’, गिरीको भनाइ छ ।
यसैबिच समिति सभापति खतिवडा सभामुख देवराज घिमिरेलाई भेट्न सभामुखको कार्यकक्षमा गएका छन् । खतिवडा सभामुखसँगको छलफलमा गएपछि राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुन सिंहदरबारमा पुगेका सांसदहरु सभापतिलाई कुरेर बसेका छन् ।
समितिको बैठक बिहान ८ बजेलाई बोलाइएको थियो । तर कुलिङ पिरियडको विषय आएपछि सांसदहरूले यसको छिनोफानो नभएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण