समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : नेता सापकोटा
सारांश
- माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा भएको किर्तेमा सभापति र सचिवको राजीनामाको माग गरेका छन्।
- सांसद सापकोटाले ऐन बनाउँदा भएको चलखेल र समितिको बैठक बिना प्रतिवेदन बुझाएकोमा आपत्ति जनाएका छन्।
- सापकोटाले यो घटनालाई सांसदमाथिको अपमान भन्दै छानबिन र कारबाहीको माग गरेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
‘ऐन बन्ने बेलाको पृष्ठभूमि सम्झाउन चाहन्छु । जुनवेला मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलियो त्यो पृष्ठभूमि सम्झनुपर्छ’, सापकोटाले भने, ‘अर्को राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक समझदारी कायम भयो र सभापतिजीले अन्तिम समितिको बैठक नै नबसी प्रतिवेदन बुझाउनुभयो ।’
यो दुईवटा तथ्यलाई जोड्दा यो सुविचारित ढङ्गले गरिएको षडयन्त्र हो भन्ने आफूहरूले बुझेको सापकोटाको भनाइ छ । साथै उनले पछिल्लो घटना सांसदमाथिको गम्भीर अपमान भएकाले यसलाई सामान्य रूपमा लिन नसकिने बताए ।
‘हामीले अहिले भनेको कुरा यदि सभापतिजी पनि जानीजानी संलग्न हुनुहुन्छ भने किर्तेजालसाझी भयो । कानुनी हिसाबले पनि यो गम्भीर भयो’, सापकोटाले भने, ‘यदि उहाँको संलग्नता छैन भने नैतिक रूपले उहाँले आफूले हस्ताक्षर गरेको भन्दा विपरीत कहाँबाट त्यो आयो त ? नैतिक रूपमा समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ र उच्चस्तरीय या संसदीय छानबिन समिति बनाएर संलग्नहरूलाई कारबाही गर्नुपर्छ, नत्र संसद्को सर्वोच्चता कायम रहँदैन ।’
सापकोटाले सभापतिको राजीनामा र छानबिन समिति बन्ने अवस्था नभएसम्म समिति बैठक चल्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण