अपडेट
कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था तथा सुशासन समिति
मङ्गलबार, १७ असार २०८२, १२ : ०९
सारांश
- प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भयो।
- सङ्घीय निजामती सेवा विधेयकमा 'बाहेक' थपिएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको हो।
- माओवादी सांसदहरूले 'बाहेक' शब्द कसरी थपियो भन्ने प्रश्न गरेपछि सभापतिले बैठक स्थगित गरे।
काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित गरेका हुन् ।
बैठक सुरु हुनु अगावै माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा सभापति खतिवडासँग जवाफ मागेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् । खतिवडाले यसबारे सबैलाई जवाफ दिन बताएका थिए ।
समितिमा आज प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण