नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल
सारांश
- प्रतिनिधिसभाबाट प्राप्त नागरिकता विधेयक राष्ट्रियसभामा टेबुल गरियो।
- प्रधानमन्त्रीको स्पेन भ्रमणका कारण दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्रीलाई तोकियो।
- स्वास्थ्यमन्त्रीको अनुपस्थितिमा कानुनमन्त्रीलाई कार्यभार दिइयो।
काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन् ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिउ ।
यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेगरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ गएकाले उनको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताए। कार्यभार तोकिएका अन्य पत्र समेत उनले सभामा पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण