‘गोर्खा वारियर’ निर्माता राईद्वारा ‘मेरा पिक हिमाल’ आरोहण
काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’का निर्माता सुमन राईले साेलुखुम्बुको ६ हजार ४ सय ७६ मिटर अग्लो ‘मेरा पिक' हिमालको सफल आरोहण गरेका छन् ।
केही दिनअघि उक्त हिमाल आरोहण गरेको बताएका राईले अबको लक्ष्य सगरमाथा आरोहण रहेको पनि जानकारी दिए ।
पूर्वगोर्खा सैनिकसमेत रहेका राई निर्मित फिल्म ‘गोर्खा वारियर’ मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मले बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गर्दै नेपाली फिल्मको इतिहासमा एउटा कीर्तिमान राख्न सफल भएको थियो ।
एक्सन जनरमा निर्माण भएको फिल्ममा रितेशसँगै बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्मातामा सुस्मिता वाइवा, सुमन राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण