राहत शिक्षकहरूको माग सम्बोधन नगरिए कडा आन्दोलनकाे चेतावनी
काठमाडौँ । राहत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न लागिएको विषयमा आपत्ति जनाएका छन् । अस्थायी, राहत तथा करार शिक्षकहरूलाई स्थायी गराउने विषयमा विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत गराउने विषयमा सहमति जुटेको छ । तर, उनीहरूले ६०/४० नमान्ने चेतावनी दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै विधेयकमा समावेश गर्न लागिएको ६०/४० कुनै पनि हालतमा मान्न नहुने चेतावनी दिएको हो ।
अध्यक्ष नविनसिंह धामी र महासचिव डम्मर राईले जारी गरेको विज्ञप्तिमा राहत शिक्षकहरूलाई शिक्षण पेसामा प्रवेश गराएको २० औँ वर्षसम्म पनि राज्यले बेवास्ता गरिरहेको बताएका हुन् ।
सरकारले पटक पटक छलफल गरी मापदण्ड र प्रक्रिया अनुसार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए पनि २० वर्षसम्म राहत शिक्षकहरूको अवस्था यथावत रहेको समितिको भनाइ छ । समितिले अबको अन्तिम चरणको सङ्घर्षको तयारी थालिएको समेत स्पष्ट पारेको छ ।
साथै नेपाल शिक्षक महासङ्घलाई समेत अपिल गर्दै राहत शिक्षकहरूको मुद्दालाई गम्भीरताका साथ उठाउन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण