कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो : प्रवक्ता महत
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरिएको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।
माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने उनले बताए । सरकारमा नेपाली कांग्रेसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएको समेत उनले बताए । पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूको काम सन्तोषजनक नभएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेको उनले बताए ।
संसद् भित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरूले नै अनुशासन भन्दा बाहिर गएर पार्टीको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताए । केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण