त्रिभुवन विमानस्थलका ६ पसल कारबाहीमा
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (एयरपोर्ट) का ६ वटा पसललाई कारबाही गरेको छ ।
मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
मूल्य हेरफेर गर्ने ईजि ट्रेडलाई २ लाख ६० हजार रुपैयाँ र एयरपोर्ट टि एण्ड कफी शपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।विमानस्थलमा एमआरपीभन्दा बढी मूल्य लिने प्रवृत्ति बढेसँगै विभागले पटक–पटक अनुगमन गर्दै आएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए ।
‘तर यो पटक एमआरपीभन्दा बढी मूल्य लिइएको पाइएन बरु फ्याक्ट्रीमै फर एयरपोर्ट सेल लेखाएर एमआरपी नै बढी राखिएको पाइयो ,’ उनले भने,‘एमआरपी घोषणा भइसकेपछि बढी घटी हेरिरहेका छैनौँ ।’
यस्तै एयरपोर्टका अन्य ४ वटा व्यापारिक फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । साथै ललितपुरको मनमय इन्टरप्राइजेजलाई रिलेबलिङ गरेको वा गुणस्तर,परिमाण मूल्य नापतौल हेरफेर गरेको पाइएपछि २ लाख ८० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
एक इलेक्ट्रिक पसललाई सामान्य निर्देशन दिइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण