कलाकारको टाउकोमा बोतल हान्नेविरुद्ध म्याद थप्न अस्वीकार, न्यायाधीशविरुद्ध उजुरी
सारांश
- ललितपुर जिल्ला अदालतका न्यायाधीशले संगीतकार दीपक शाक्यलाई कुटपिट गर्नेहरूलाई उन्मुक्ति दिएका छन्।
- सानेपास्थित रेस्टुरेन्टमा शाक्यलाई चार जनाले कुटपिट गरेका थिए, जसमा बियरको बोतल र हेल्मेट प्रयोग गरिएको थियो।
- न्यायाधीशले पक्राउ पुर्जी सदर नगरेर आरोपीहरूलाई अनुसन्धानबाट रोकेका थिए, जसले गर्दा शाक्यले असुरक्षित महसुस गरे।
काठमाडौँ । म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले ‘उन्मुक्ति’ दिएको घटना बाहिरिएको छ ।
कुटपिटमा संलग्नहरूलाई अनुसन्धानको दायरामा नै ल्याउन नदिनेगरी न्यायाधीश कोइरालाले उन्मुक्ति दिएका हुन् ।
असार ८ गते बिहान ४ बजेतिर भैंसेपाटी घर भएका शाक्यलाई ललितपुरको सानेपास्थित ‘भोकमाण्डु’ रेस्टुरेन्ट नकिजै चार जना मिलेर निर्घात कुटपिट गरेका थिए । शाक्यलाई उनीहरूले बियरको बोतल र हेलमेट प्रहार गरी निर्घात कुटपिट गरेका थिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका शाक्यको सुमेरु सिटी अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । असार १० गते उनले अस्पतालबाटै जाहेरी लेखेर जिल्ला प्रहरी परिसर जावलाखेलमा दर्ता गराए ।
प्रहरीले कुटपिटमा संलग्न अछाम घर भएका २२ वर्षीय महेन्द्र रावल र कैलाली लम्किचुहा घर भएका २६ वर्षीय धर्मराज खड्कालाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर पक्राउ गरेको थियो । तर, ललितपुर जिल्ला अदालतका न्यायाधीश कोइरालाले जरुरी पक्राउ पुर्जी सदर नगरेर आरोपीहरूलाई अनुसन्धान गर्नबाट ‘रोक’ लगाएका हुन् ।
कुटपिटमा अछाम घर भएर नयाँ बानेश्वर बस्ने मोहन खड्का र नामथर नखुलेका 'कार्बन' भनेर चिनिएका युवक पनि संलग्न रहेको शाक्यकी साथी रश्मी सिंह महर्जनले रातोपाटीलाई बताइन् । घटनास्थलमा शाक्यका साथीहरू सर्वज्ञ समशेर जबरा र स्वयं महर्जन सँगै थिए ।
अन्तर्राष्ट्रिय म्युजिक दिवस मनाएर फर्किंदा उक्त रेस्टुरेन्टमा बर्गर खान गएको र निस्कँदा आरोपीहरूले शाक्यलाई आक्रमण गरेको महर्जनले बताइन् । भनिन्, ‘भोकमाण्डुबाट निस्किँदा उनीहरूले अचानक निहुँ खोजेर आक्रमण गरेका हुन् ।’
ललितपुर प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेको थियो । तर न्यायाधीश कोइरालाले ‘न्यायाधिशले मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ५ (२) बमोजिम पक्राउ स्वीकृति दिन मनासिब नदेखिएको’ भन्ने आदेश गरेर पक्राउ परेकाहरूलाई पनि थुनामुक्त गरेका हुन् ।
कुटपिटमा संलग्न मोहन खड्का र कार्बन फरार छन् । खड्का २०८१ जेठ २ मा कीर्तिपुमा भएको ग्याङफाइटमा संलग्न आरोपमा खुकुरीसहित पक्राउ परेका थिए । पछि उनी अदातलबाट धरौटीमा रिहा भएका थिए ।
ज्यान मार्ने उद्योगमा संलग्नहरूलाई ‘उन्मुक्ति’ दिएको भन्दै न्यायाधीश कोइरालाविरुद्ध म्युजिसियन शाक्यले न्याय परिषद्मा उजुरी दिएका छन् ।
आरोपीहरू अनुसन्धानको दायरामा नआएपछि शाक्यले असुरक्षित महसुस गरेर अस्पतालबाट चिकित्सकलाई डिस्चार्ज गरिदिन आग्रह गरेका थिए ।
हेर्नुहोस् न्याय परिषद्मा दिइएको उजुरी


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण