अर्सेनलद्वारा चेल्सीबाट गोलकिपर केपा अनुबन्ध
सारांश
- आर्सनलले चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ।
- केपाले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका छन् र उनले उपाधि जित्ने लक्ष्य राखेका छन्।
- केपा यसअघि चेल्सी र रियल म्याड्रिडमा समेत खेलिसकेका छन्।
लन्डन । इंग्लिस क्लब अर्सेनलले स्पेनका अन्तर्राष्ट्रिय गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ। ३० वर्षीय केपा अर्सेनलमा तीन वर्षे सम्झौतामा आबद्ध भएका हुन्।
गत सिजन केपा बर्नमाउथमा लोनमा थिए, जहाँ उनले ३५ खेल खेले। अनुबन्धपछि केपाले भने, ‘म यहाँ आएर निकै खुसी छु, उत्साहित छु र अगाडि के आउँछ भनेर पर्खिरहेको छु। मिकेल आर्टेटा र इन्की कानासँगको कुराकानीमा क्लबको जित्ने चाहना देख्दा मलाई पनि ठुलो प्रेरणा मिल्यो। हामी उपाधिको धेरै नजिक छौं र सँगै मिलेर त्यो लक्ष्य प्राप्त गर्न सक्नेछौँ भन्ने विश्वास छ।’
विश्वकै सबैभन्दा महँगो गोलकिपरको कीर्तिमान बोकेका केपा सन् २०१८ मा स्पेनको एथ्लेटिक बिलबाओबाट ७.१ करोड पाउन्डमा चेल्सी गएका थिए।
एमिरेट्स स्टेडियममा उनको आगमनले अर्का स्पेनिस गोलकिपर डेभिड रायासँग प्रतिस्पर्धा सिर्जना गर्नेछ। अघिल्लो सिजन ब्राजिलियन गोलकिपर नेटो बर्नमाउथबाट लोनमा अर्सेनल आएका थिए, तर क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध नगर्ने निर्णय गर्यो।
केपाले चेल्सीका लागि १६३ खेल खेलेका छन् र क्लबको च्याम्पियन्स लिग, युरोपा लिग र क्लब विश्वकप जित्ने टोलीमा समावेश भएका थिए।
यसअघि सन् २०२३–२४ सिजनमा उनी रियल म्याड्रिडमा लोनमा थिए, जहाँ उनले ला लिगा र च्याम्पियन्स लिग जित्न टोलीलाई सहयोग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण