निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् कार्यवाहक प्रधानमन्त्री ?
सारांश
- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए।
- सिंहले संविधान निर्माणको विरोध गर्नेहरूलाई सचेत गराए, र सरकारको आलोचना गर्ने नेताहरूलाई उनीहरूको विगतको कार्य सम्झाए।
- उनले जनताको लागि काम नगर्ने नेताहरूलाई निर्वाचनमा मूल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भएपनि कारबाही हुनुपर्ने उनले बताए ।
सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।
त्यस्तै उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरू राजनीतिमा आएको बताए । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण