मेस्सीले करार नवीकरण गर्नेमा मियामी आश्वस्त
बुधबार, १८ असार २०८२, १२ : २८
सारांश
- इन्टर मियामीले लियोनेल मेस्सीसँगको करार नवीकरण गर्ने आशा गरेको छ, उनको सम्झौता डिसेम्बरमा सकिँदैछ।
- मेस्सीले अमेरिकामा बस्न चाहेका छन्, र साउदी अरबबाट आएका प्रस्तावलाई अस्वीकार गरेका छन्।
- मेस्सी मियामीको इतिहासमा सर्वाधिक गोलकर्ता हुन् र २०२६ को विश्वकप अमेरिकामा हुँदैछ।
मियामी । इन्टर मियामीले स्टार खेलाडी लियोनेल मेस्सीले करार नवीकरण गर्ने आशा व्यक्त गरेको छ । मेस्सीको करार यही डिसेम्बरमा समाप्त हुँदैछ । ३८ वर्षीय अर्जेन्टिनी खेलाडी मियामी र मेजर लिग सकर (एमएलएस) का मार्की खेलाडी हुन् ।
सबै पक्षले अमेरिकामा मेस्सीको उपस्थितिलाई निरन्तरता दिन छलफल सुरु गरेका छन् । स्रोतका अनुसार साउदी अरबबाट अफरहरू आए पनि मेस्सी आफै अमेरिकामा नै बस्न चाहेका छन् ।
सन् २०२६ को विश्वकप उत्तर अमेरिकामा आयोजना हुन लागेकाले उनी हाल अमेरिकामा रहन चाहेको बताइएको छ । मेस्सी मियामीको छोटो इतिहासमा टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
उनले क्लबका लागि ५० गोल गरेका छन् । मियामी हालै युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग पराजित हुँदै क्लब विश्वकपबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण