कृष्णगोपालको कटाक्ष : अख्तियार प्रमुख बन्न होइन जिब्रो ‘लपालप’ गरेको ?
सारांश
- सांसद कृष्णगोपाल श्रेष्ठले निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा गडबडबारे अख्तियार प्रमुख र निर्वाचन आयोग प्रमुखको लागि भएको बताए।
- उनले कुलिङ पिरियड लागु नभए मुख्यसचिव, सचिव र सहसचिवले राजनीतिक नियुक्ति पाउने टिप्पणी गरे।
- श्रेष्ठले विधेयक पारित गर्न ढिलाइ गरे सबैले नियुक्ति भ्याउने र यो नयाँ परीक्षा हुनेतर्फ सचेत गराए।
काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सङ्घीय निजामती कर्मचारी विधेयकमा राखिएको कुलिङ अफ पिरियडमा गडबड गर्नुमा अख्तियार प्रमुख र निर्वाचन आयोग प्रमुखका लागि भएको बताएका छन् ।
बुधबार विधेयकमा कुलिङ पिरियडमाथि भएको गडबड र सुधार्न गरिने प्रयासबारे संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै श्रेष्ठले कुलिङ पिरियड जनताका लागि भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै भएको टिप्पणी गरे ।
‘यो कुलिङ पिरियड लागु नभए के हुन्थ्यो ? गम्भीरतापूर्वक लिऔँ है ! यो कुलिङ पिरियड भन्ने चिजको छलफल नै नभएर लागु नभएको भए अहिले भएकै मध्येका मुख्यसचिव, सचिव र सहसचिवमध्येले पाउने राजनीतिक नियुक्ति खुरुखुरु खान्थे’, श्रेष्ठले भने, ‘त्यो पाकेको बेल सक्नेले खायो ।’
उनले अब बल गरेर लागु गर्दा अहिलेका मुख्यसचिव र सचिवले कुर्नुपर्ने त्यस अघिकाले खान पाउने बताए । ‘तत्कालै अब अख्तियार प्रमुख खाली हुँदैछ । त्यसैमा होइन जिब्रो लपालप भएको ? निर्वाचन आयोग प्रमुख खाली भएको छ । अरू कोही जान सक्ने हुँदै होइन’, श्रेष्ठको भनाइ छ । उनले गाउँघरतिर खच्चड ठेक्कामा लिनुपर्दा सामन्त र जमिनदारले टेन्डर खुलाउँदा निधारमा टीका भएको खच्चर हुनुपर्ने भनेर लेख्नेजस्तै भएको उनले बताए ।
उनले विधेयक पारित गर्न ढिलाइ गर्ने हो र यसैगरी क्रान्तिकारी देखाउने हो भने सबैले नियुक्ति भ्याउने र यो नै न्यु टेस्ट भएकोतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
विधेयकमा सभापति र सचिव दुराको हस्ताक्षर भएको भन्दै अहिले आएर थाहा नै पाइनँ भन्न नपाउने श्रेष्ठको भनाइ छ । ‘फस्ट सभापति रामहरि खतिवडा अब विचार गर्नुस् । तपाईंको निर्वाचन क्षेत्रका जनतालाई पनि हेर्नुस् । लाटो छैन जनता । बेलैमा बुद्धि पुर्याउनुस् । यो ब्लण्डर मिस्टेक होइन अपराध हो’ श्रेष्ठले सभापतिले मन्त्रीलाई छक्क्याएको हुनसक्ने दाबी समेत गरे । उनले भोलिबाट राज्य व्यवस्था समितिको सभापति भन्न नसक्ने र आजको बैठक लास्ट भएको बताए ।
उनले खतिवडालाई सभापतिको कुर्सीमा बस्ने अधिकार नभएकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले लाज त्रुटि भयो भनेर लाज लाग्नुपर्ने पनि बताए । यदि कसैको व्याकिङ भए भन्नुपर्ने श्रेष्ठले भने, ‘पहिलो नम्बर तपाईँहरूलाई यो समितिमा स्विकार्नु भनेको लाचार र निकम्मा हुन्छ’, श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण