डा.रूपाखेती युक्रेन,गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त
बुधबार, १८ असार २०८२, १६ : २८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रुपाखेतीलाई बुधबार गैर आवासीय राजूदत पदमा नियुक्त गरेका हुन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,'राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण