अमेरिकी विज्ञप्तिको दुई सातापछि एमसीसीबारे बोल्यो एमसीए नेपाल
सारांश
- अमेरिकी दूतावासको विज्ञप्तिको दुई हप्तापछि एमसीए नेपालले एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।
- एमसीएले अमेरिकी सरकारको एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णयको स्वागत गरेको छ।
- यस परियोजना अन्तर्गत प्रसारण लाइन निर्माण र सडक मर्मत कार्यहरू जारी रहनेछन्।
काठमाडौँ । अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई निरन्तरता दिने अमेरिकी दूतावासको विज्ञप्तिको दुई सातापछि मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले आधिकारिक रूपमा मुख खोलेको छ ।
बुधबार एमसीएले अमेरिकी वैदेशिक सहायतामा लगाइएको रोकमा पूर्व स्वीकृत विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन जारी राख्न अनुमति दिने अमेरिकी सरकारको निर्णयलाई स्वागत गरेको हो ।
एमसीए नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग निकटमा रहेर कम्प्याक्ट अन्तर्गतका गतिविधिहरू कार्यान्वयन गर्न काम गरिरहेको छ । यस अन्तर्गत २९७ किलोमिटर प्रसारण लाइन निर्माण कार्य र सडक मर्मत कार्यहरू लगायत अन्य बाँकी रहेका खरिद प्रक्रियाहरू सम्पन्न गर्ने कार्यहरू समावेश छन् ।
यसका साथै एमसीए–नेपालले वैदेशिक सहायता समीक्षा हुनुअघि नै निर्माणको चरणमा रहेका तीन वटा सबस्टेसन र १८ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइनको कामलाई पनि निरन्तरता दिइरहेको जनाएको छ ।
नेपालको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ पार्न यी उच्च–प्रभावकारी पूर्वाधार परियोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको र यस कम्प्याक्टमा एमसीसीको निरन्तर साझेदारीको प्रशंसा गर्ने एमसीएले उल्लेख गरेको छ ।
यसअघि असार ४ गते अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनालाई निरन्तरता दिने जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण