बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न मुख्यमन्त्रीको कसरत
मकवानपुर । बागमती प्रदेशसभा सञ्चालनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले थालेको आन्तरिक कसरतमा लागेका छन् ।
सोमबारबाटै मुख्यमन्त्री लामाले प्रदेशसभा सञ्चालनको लागि सत्ता साझेदार दल र विभागीय मन्त्रीहरुसंग छलफल थालेका थिए । मंगलबार र बुधबार दिनभर सत्तारुढ दल एमालेसँग छलफल गरेका मुख्यमन्त्री लामाले दिनभर कांग्रेस र एमालेका मन्त्री तथा शीर्षस्थ सांसदहरुसंग छलफल गरेका थिए ।
मुख्यमन्त्री लामाको सचिवालयका अनुसार ‘एमालेको तर्फबाट केही मागहरू आएका छन् । त्यसलाई सम्बोधन गर्ने विषयमा छलफल भइरहेको छ ।
उनीहरुले बजेटमा छुटेका योजनाहरू समेट्ने विषय सहित अन्य केही माग गरेका छन् ।’ उनले भने, ‘हामीले आफ्ना विषयहरु पनि राखेका छन् । सत्तारुढ दलको समस्याहरू समाधान गर्ने गरी पहल भइरहेको छ । बजेटको सीमा परिवर्तन नहुने गरी एमालेको माग अनुसारको योजना समेट्ने प्रयास भएको छ । दोहोरिएको, असान्दर्भिक प्रकृतिका योजना कटाएर माग भए अनुसारको योजना हाल्ने तयारी भएको छ ।’
मुख्यमन्त्री लामाले बुधबार पनि सत्तारुढ दलका नेताहरूसँग छलफल गरेका थिए भने सभामुख भुवनकुमार पाठकसँग परामर्श लिएका थिए । सोही अनुसार बुधबार साँझ मुख्यमन्त्री लामाले कार्य व्यवस्था परामर्श समितिको बैठक राख्न लगाएका थिए ।
राप्रपा र माओवादी केन्द्रको एक/एक जना सांसद उपस्थित कार्य व्यवस्था समितिले २४ गते बजेट पारित गर्ने कार्यसूची तयार गरेको सभामुख पाठकले जानकारी दिए । उनका अनुसार १९ गतेबाट निरन्तर सदन चलाएर २४ गतेसम्म बजेट माथिको छलफल सकेर पारित गर्ने र संसदमा दर्ता भएको संकल्प प्रस्ताव समेत अघि बढाउने सहमती बनेको छ ।
बिहीबार १० बजे सर्वदलीय बैठक आह्वान
गत असार १२ गतेबाट प्रदेश सरकारको बजेट माथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक सत्तारुढ दल बिच नै सहमति जुट्न नसक्दा अनिश्चित बन्दै गएको छ । उक्त अवस्थाको निकास निकाल्न मुख्यमन्त्री लामाले साझेदार दल एमालेका संसदीय दलका नेतासँग मंगलबार र बुधबार छलफल गरेका थिए ।
उक्त बैठक पछि एमाले र कांग्रेसका मन्त्रीहरुसंग छलफल गरेका मुख्यमन्त्री लामाले सभामुख पाठक मार्फत सर्वदलीय बैठक आह्वान गरेका छन् । बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुख पाठकले बताए ।
सर्वदलीय बैठकले बजेट माथिका विवादका विषयहरूलाई टुङ्गोमा पुर्याउने उनले बताए । उक्त बैठक अनुसार प्रदेशसभा बैठक सञ्चालन तथा बजेट माथिको छलफल अघि बढाउने सरकारको तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण