बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
बिहीबार, १९ असार २०८२, ०६ : १८
सारांश
- बाराको कलैया उपमहानगरपालिकामा घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरे।
- ३५ वर्षीय बच्चा मियाँले २३ वर्षीया श्रीमती सहिना खातुनलाई धारिलो हतियार प्रयोग गरे।
- प्रहरीले घटनामा संलग्न मियाँलाई हतियारसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
रौतहट । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादको कारण श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गएको छ।
स्थानीय ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए।
प्रहरीका अनुसार खातुनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न मियाँलाई प्रहरीले प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर सुरेश राज भट्टको कमान्डमा खटिएको टोलीले अनुसन्धान कार्य अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण