किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण
बिहीबार, १९ असार २०८२, ०७ : २५
सारांश
- तनहुँ जिल्ला वन कार्यालयले किसानलाई डालेघाँसका लागि २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ।
- कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ।
- गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो, जसमा विभिन्न प्रजातिका बिरुवा समावेश थिए।
तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ ।
उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो ।
गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण