तार्केश्वरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक नियन्त्रणमा
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
- दुर्घटनामा परी ७१ वर्षीय कुलबहादुर आचार्यको ज्यान गएको हो।
- प्रहरीले मोटरसाइकल चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । बुधबार साँझ ८ः२० बजे भएको उक्त दुर्घटनामा परी तारकेश्वर नगरपालिका–८, भेटघाट चोकका ७१ वर्षीय कुलबहादुर आचार्यको ज्यान गएको हो ।
प्रहरी वृत्त, बालाजुका अनुसार बुधबार साँझ करिब ८:२० बजे तारकेश्वर नगरपालिका-८, शिव मन्दिरस्थित सडक खण्डमा बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका आचार्यलाई ठक्कर दिएको थियो । तारकेश्वर-३, पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राति ९:३० बजे टोखास्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति ११:२० बजे चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक नवीन घिमिरे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । चालक घिमिरे हाल प्रहरी वृत्त, बालाजुको हिरासतमा छन् भने मोटरसाइकल नेपालटार ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण