अभय र शुभमको शानदार बलिङ, मलेसियाद्वारा ९१ रनको लक्ष्य प्रस्तुत
सारांश
- यू-१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा मलेसियाले नेपाललाई जितका लागि ९१ रनको लक्ष्य दिएको छ।
- टस हारेर ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन बनायो।
- नेपालका अभय यादवले ४ र शुभम खनालले ३ विकेट लिए भने ब्याटिङमा मोहम्मद फथुल मुइनले सर्वाधिक ३८ रन बनाए।
क्वाललम्पुर । एससी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनल खेलमा मलेसियाले साबिक विजेता नेपालसासु जितका लागि ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको हो ।
_zBBypyziR1.jpg)
क्वाललम्पुरको सेलागोर टर्फ क्लब मैदानमा जारी खेलमा मलेसियाको सुरुवात राम्रो हुन सकेन । टोलीले ४ रन मात्र जोड्दा दुई विकेट गुमायो । अजिब वाज्दी तेस्रो ओभरको चौथो बलमा रन आउट भए । दुई बलपछि विकेटकिपर मुहम्मद अहनाफ जुहदी ४ रन बनाउँदै अभय यादवको बलमा बोल्ड हुन पुगे ।
अभय यादवले त्यसपछि ७ रन बनाएका मुहम्मद नुर अदमलाई आफ्नो शिकार बनाए । कप्तान दिज पाट्रोले १० रन बनाउँदै टोलीलाई केही राहत दिए पनि उनलाई शुभम खनालले क्याच आउट गरे ।
_3Aiy2tkC4u.jpg)
त्यसपछि पनि मलेसियाले लगातार विकेट गुमायो । नगिनेश्वरन शथनाकुमारन ३ रन तथा ऐजम ड्यानियल ४ रन बनाएर पभेलियन फर्किए । मुहमद दानिस अड्लिनले खाता नै खोल्न सकेनन् ।
_8edTV9U0US.jpg)
मुहमद फथुल मुइनले मलेसियाका लागि सर्वाधिक ३८ रन बनाए । उनले ७१ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर मुहमद शाहमिल अदामले ६ रन तथा अहमद फलिक अलाउद्दिनले ५ रन जोडे ।
नेपालका लागि अभय यादवले १० ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, शुभम खनालले १० ओभर बलिङ गर्दै ४ वटा मेडनसहित मात्र १२ रन खर्चेर ३ विकेट हात पारे । विपिन शर्मा र सचिन भट्टले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण