उपनिर्वाचनमा उम्मेदवार चयनबारे राप्रपाको कार्यसम्पादन समिति बैठकमा छलफल
सारांश
- राप्रपाले आगामी उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- बैठकमा रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
- प्रवक्ता शाहीले चुनावमा उम्मेदवार जनताको मनबाट छानिनुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
बिहान ११ बजे बस्नेगरी बैठक तय भएको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । बैठकमा आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि रुपन्देही–३ को उम्मेदवारबारे छलफल हुने शाहीको भनाइ छ ।
शाहीले उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताए । बुधबार पनि रुपन्देहीका राप्रपा नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा उम्मेदवारबारे छलफल गरेका थिए ।
‘चुनावमा उम्मेदवार जनताको मनबाट छानिनु पर्छ । कुनै नेताको खल्ती बाट होइन,’ शाहीले भने, ‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’
यसअघि रुपहेन्दी क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता दीपक बोहराले जितेका थिए । तर, उनको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण