कलाकार शर्मालाई कल्याणकारी कोषबाट ७५ हजार सहयोग
बिहीबार, १९ असार २०८२, ११ : ३७
सारांश
- कलाकार शकुन्तला शर्मालाई मुटुको समस्याका लागि चलचित्रकर्मी कल्याणकारी कोषले ७५ हजार सहयोग गर्यो।
- सहयोग रकम बुधबार लाजिम्पाटस्थित शर्माको निवासमा हस्तान्तरण गरिएको थियो।
- चलचित्र विकास बोर्डका अध्यक्ष र अन्य सदस्यहरूले सहयोग हस्तान्तरण गरे।
काठमाडौँ । लामो समयदेखि मुटुको समस्याबाट पीडित कलाकार शकुन्तला शर्मालाई चलचित्रकर्मी कल्याणकारी कोषबाट नगद ७५ हजार सहयोग गरिएको छ । शर्मालाई बुधबार उनको लाजिमपाटस्थित निवासमा पुगेर उक्त सहयोग प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्ड सदस्य सन्तोष लोहनी, वीरेन्द्र भट्ट, कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसालले, कलाकार निर्देशक दीपाश्री निरौला, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा लगायतले सहयोग हस्तान्तरण गरे ।
कोष चलचित्र विकास अन्तर्गत रहेको छ । कलाकार शर्मा लामो समयदेखि मुटुका दुवै भल्वमा समस्या भई लामो समयदेखि उपचार गराइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण