नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।
- उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरे ।
- ओलीले नेपालको लगानीमैत्री वातावरणबारे जानकारी गराए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रम शक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले नेपाल र स्पेनबिचका धेरै ढोका खोलेको उल्लेख गरे । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण