नागार्जुनबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १९ असार २०८२, १२ : २२
सारांश
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी विक्रम चौहान पक्राउ परेका छन्।
- उच्च अदालत पाटनले उनलाई २ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति बापतको रकम तोकेको थियो।
- फरार रहेका चौहानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
काठमाडौँ । नागार्जुनबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका–३ घर भएका ३० वर्षीय विक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्ति बापत २० हजार ४ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर गरेको थियो ।
त्यसलगत्तै फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण