बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने राप्रपाको निर्णय

बिहीबार, १९ असार २०८२, १५ : ५५
बिहीबार, १९ असार २०८२

काठमाडौँ । राप्रपाले भदौ दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठक काठमाडौँमा बस्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

यस्तै पार्टीको स्थानीय, जिल्ला र प्रदेश तहको अधिवेशनहरू असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णयका सन्दर्भमा आजको बैठकमा प्रगति समीक्षा गरिएको उनले बताए । अपेक्षाकृत रूपमा अधिवेशनहरू हुन नसक्दा विधानअनुसार यसैवर्ष गर्नुपर्ने महाधिवेशन प्रभावित बन्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय र प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको उनले बताए । 

साथै, आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण अभियान र जिल्ला अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय गरिएको छ । 

यस्तै राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेस गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउनु गर्ने राप्रपाको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप