बागमती प्रदेशको बजेटमा छलफल गर्न ८ बुँदे सहमति
सारांश
- बागमती प्रदेशसभा सञ्चालनका लागि दलहरूबीच ८ बुँदे सहमति भएको छ।
- आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा देखिएका कमजोरी र विवाद समाधान गर्ने सहमति बन्यो।
- बजेटमा भएका नीतिगत त्रुटि सच्याउने, अपारदर्शी कार्यक्रम हटाउने सहमति भएको छ।
मकवानपुर । बागमती प्रदेशसभा सञ्चालनको विषयमा दलहरू बिच ८ बुँदे सहमति भएको छ । बागमती सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलहरूबिच बजेट माथिको छलफल प्रारम्भ गर्न संसद् चलाउने विषयमा बिहीबार ८ बुँदे सहमति भएको हो ।
सभामुख भुवन कुमार पाठकको अगुवाइमा मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा बिहीबार बिहानदेखि बसेको सर्वदलीय बैठकले उक्त सहमति गरेको हो ।
साँझ ६ बजेसम्म भएको छलफलमा दलहरू बिच आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि देखिएका कमजोरी, विवाद र असन्तोषलाई समाधान गर्ने सहमति भएको छ ।
बजेटमा भएका नीतिगत त्रुटिहरू सच्याउने, अपारदर्शी र अनधिकृत कार्यक्रमहरू हटाउने तथा आगामी बजेट निर्माण प्रक्रियामा सबै दललाई सहभागी गराउने दलहरूबिच सहमति भएको हो । प्रदेशको बजेट प्रक्रिया सुधार गर्नु, नीति निर्माणमा राजनीतिक दलहरूको सहभागिता सुनिश्चित गर्नु र स्रोतको न्यायोचित प्रयोग गराउनु पर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशसभामा पेश भएको विनियोजन विधेयकमा नीतिगत रूपमा देखिएका कमजोरीहरूलाई आवश्यक संशोधन गरी अगाडि बढ्ने सहमति भएको छ भने आलोचना भइरहेको बजेटको बुँदागत वितरणमा सुधार ल्याउने सरकारको प्रतिबद्धता रहेको छ ।
सहमति अनुसार बहु वर्षीय आयोजनाहरूमा अपुग रकम व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने, गैर सरकारी निकायहरूलाई दिइने अनुदान कटौती गर्ने, नामै उल्लेख गरिएका संस्थाहरूका कार्यक्रम कार्यान्वयन नगर्ने, विषयगत मन्त्रालयअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, अनधिकृत आयोजना छानबिनपछि मात्रै कार्यान्वयन, नीतिगत सुधारका लागि सङ्कल्प प्रस्ताव अघि बढाउने र आगामी बजेट निर्माणमा दलहरूसँग परामर्श, छलफल र सहकार्य गरी नीति तय गर्ने भएको हो ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रमुख प्रतिपक्षी दलका नेता माननीय शालिकराम जम्कट्टेल, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, राप्रपा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादी दलका नेता कृष्ण प्रसाद शर्मा खनाल र नेमकीपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण