रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
सारांश
- कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा एक उच्च पदस्थ रुसी जनरलको मृत्यु भएको छ।
- सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु भएयता मारिने उनी वरिष्ठ सैन्य अधिकारीमध्ये एक हुन्।
- मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु कुर्स्क क्षेत्रको सीमा क्षेत्रमा भएको थियो।
मस्को । कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप कमाण्डरका रुपमा कार्यरत एक उच्च पदस्थ रुसी जनरलको मृत्यु भएको रूसी अधिकारीले बिहीबार बताएका छन् ।
सन् २००० देखि सेनामा कार्यरत ४२ वर्षीय मिखाइल गुडकोभलाई सन् २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ घोषणा गरेका थिए ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेयता मारिएका उनी वरिष्ठ रुसी सैन्य अधिकारीमध्ये एक हुन् । सन् २०२५ जुलाई २ मा कुर्स्क क्षेत्रको एक सीमा क्षेत्रमा युद्ध अभियानको क्रममा मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभ मारिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआइएले जनाएको छ ।
रुसको सुदूर पूर्वको प्रिमोरी क्षेत्रका प्रमुख ओलेग कोझेम्याकोले गुड्कोभ ‘अफिसरको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा मारिएको’ बताएका छन् ।
कोझेम्याकोले गुड्कोभसँग आफूले वर्षौंदेखि ‘धेरै’ कुरा गरेको भन्दै उनको प्रशंसा गर्दै उनलाई ’बलियो योद्धा’ को संज्ञा दिएका छन् । उनका अनुसार गुड्कोभ रुसी सुदूर पूर्वमा रहेको प्यासिफिक क्षेत्रको १५५ औं ‘गाड्र्स नेभल इन्फेन्ट्री ब्रिगेड’का पूर्व कमान्डर रहेका थिए ।
गभर्नरले भने, ‘रूसी नौसेनाको उपकमान्डर बनेपछि पनि गुडकोभ ‘व्यक्तिगत रूपमा’ रूसी नौसेनाको गतिविधिमा सक्रियताका साथ काम गर्दै आउनुभएको थियो ।’
युक्रेनी सेनाले सन् २०२२ मा सुरु भएको रुसको पूर्ण अभियानको प्रतिक्रियास्वरुप गत वर्ष कुर्स्कको ठूलो भाग कब्जा गरेको थियो । गत अप्रिलमा रुसले उक्त क्षेत्र पूर्णरुपमा कब्जामा लिएको बताएको थियो तर सीमा क्षेत्रमा भिडन्त जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण