वर्षा
मेलम्ची नदीमा जल सतह बढ्न सक्ने: सतर्क रहन विभागकाे आग्रह
बिहीबार, १९ असार २०८२, २३ : ४०
सारांश
- जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्ने चेतावनी दिएको छ।
- मानेखर्क, गोब्रे, नुरपु गाउँ, गुम्थाङ लगायतका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको मापन गरिएको छ।
- विभागले पहिरोको जोखिम बढ्न सक्ने भन्दै कमजोर जमिन भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि भइरहेको वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागले बिहीबार राति ११ः२० एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा मानेखर्क, गोब्रे, नुरपु गाउँ, गुम्थाङ तथा आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा मापन गरिएको जनाएको हो।
वर्षाको कारण मेलम्ची नदीमा जल सतह केही बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कमजोर तथा भिरालो जमिन भएका क्षेत्रमा पहिरोको जोखिम उच्च हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण