एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण
शुक्रबार, २० असार २०८२, ११ : ००
सारांश
- पछिल्लो एक हप्तामा देशभर ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
- बागमती प्रदेशमा सबैभन्दा बढी २६ जनामा संक्रमण देखिएको छ।
- यस अवधिमा कोभिड-१९ बाट एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । पछिल्लो एक सातामा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । यस अवधि एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । देशभर अहिले २४९ जना कोरोना सङ्क्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण