भरतपुरको प्रशासकीय भवन बनाउन ३ करोड निकासा दिने बागमती सरकारको निर्णय
सारांश
- बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि ३ करोड १ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र वडा नम्बर ४ मा सार्ने स्वीकृति दिएको छ।
- बैठकले कृषि सचिव वैकुण्ठ अधिकारीको भियतनाम भ्रमणलाई पनि स्वीकृति दिएको छ।
हेटौँडा । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि रकम निकासा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि लागत साझेदारीमा ८ करोड रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको थियो । सोहीअनुसार अहिले ३ करोड १ लाख रुपैयाँ निकासा दिने निर्णय भएको हो।
मन्त्री लामिछानेका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने स्वीकृति पनि प्रदान गरेको छ । बैठकले साबिकको स्थानबाट वडा नम्बर–४ मा सार्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
लिखु गाउँपालिकाका दुई तिहाइ जनप्रतिनिधिको हस्ताक्षर सहितको प्रस्तावमा केन्द्र सार्न स्वीकृति दिएको उनले बताए । साबिकको स्थानमा जग्गा नभएकाले गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालनमा समेत बाधा पुगेकाले वडा नम्बर–४ मा जग्गा प्राप्ति समेत गरेर केन्द्र सार्न प्रस्ताव गरिएको उनले बताए ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको वैदेशिक भ्रमण समेत स्वीकृत गरेको छ । सचिव अधिकारी आगामी असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण